गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका १४ स्थित मस्र्याङ्गदी नदीमा असोज २० गते नुहाउने क्रममा डुवेर वेपत्तां भएका एक जनाको शव सशस्त्र प्रहरीले फेलापारेको छ ।

सोही ठाउँ बस्ने ४७ बर्षिय पुर्ण बहादुर दराई नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रल्हाद सिलवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनको शव असोज २१ गते नदीमा डुबेको अवस्थामा फेलापारी नेपाल प्रहरीलाई बुझाएको हो ।

पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्धारा फेला

उदयपुर । उदयपुर जिल्लाको वेलका नगरपालिका ५ स्थित भुतिया दहमा पौडी खेल्ने क्रममा डुवेर वेपत्तां भएका एक जनाको शव सशस्त्र प्रहरीले फेलापारेको छ ।

मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका ४ बस्ने २० बर्षिय शिखर सिलवाल मंगलबार उक्त दहमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल मुख्यालय नम्बर १ बराह बाहिनीबाट खोजी तथा उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक विमल खनालको कमाण्डको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनको शव पानिमा डुबेको अवस्थामा फेलापारी नेपाल प्रहरीलाई बुझाएको हो ।

सम्बन्धित खबरहरु