पर्सा । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको ३ लाख ७८ हजार नेपाली रुपैयाँ सहित भारत बिहार राज्य ग्राम पञ्चायत रक्सौल-४ बस्ने २५ वर्षीय सुजित कुमार गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको विआर २२ सी २७६३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पटाका बरामद
नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारबाट बुलेट पटाका १ हजार ५ सय पिस र सानोखाले नागिन पटाका ९ हजार ८ सय पिस बुधबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले लु.१ ख ९८०८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु