कैलाली । ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका-६ भगवानपुर बस्ने २२ वर्षीय बिक्रम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती महिलालाई असोज १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर ईलाका प्रहरी कार्यालय टिकापुरमा प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी
बर्दिया । बारबर्दिया नगरपालिका-७ स्थित जनता माध्यमिक बिद्यालय रम्मापुरको लेखा शाखामा रहेको करिब १ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको ३ थान कम्प्युटर सेट बुधबार चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु