काठमाडौ । काठमाडौं महानगरपालिका-३२ स्थित सडकमा बा.८० प ६३३७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक दोलखा घर भएका ३३ वर्षीय शिव कुमार फुयालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-१६ लायन्स चोकमा ना.६ ख ५६८१ नम्बरको ट्रकले को.२० प ६७४७ नम्बरको स्कुटरलाई बुधबार राति ठक्कर दिंदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा स्कुटर चालक ईनरुवा नगरपालिका-२ का २५ वर्षीय सुसान्त भट्टराई र स्कुटरमा सवार संखुवासभा चिचिला गाउँपालिका-२ का २० वर्षीय बिबिसन बिक रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-४ बेलपुरमा मरिणबाट झनझनेतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलले साईकलयात्री सोही गाउँपालिका-४ बस्ने १४ वर्षीय भुवन आलेलाई ठक्कर दिई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार हरिहरपुरगढि गाउँपालिका-५ बस्ने ३६ वर्षीय धनलाल वाईबाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका साईकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका-१७ मनहरपुरमा ज.९ प ३६६६ नम्बरको मोटरसाइकल र अनटेष्ट लेखिएको मोटरसाइकल एक-आपसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा ज.९ प ३६६६ नम्बरको मोटरसाइकल चालक हंसपुर नगरपालिका-२ बस्ने ५० वर्षीय उपेन्द्र सहनीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अनटेष्ट लेखिएको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु