काठमाडौ । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित कटन गार्मेटमा काम गर्ने लमजुङ घर भएका ४८ वर्षीय पूर्ण बहादुर थापा सोही गार्मेटको कोठाभित्र बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ बस्ने ४० वर्षीय जुगराम चौधरी सोही ठाउँस्थित बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी दाङ, लमही नगरपालिका-६ बेलदमारस्थित अर्जुन खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, खैरहनी नगरपालिका-१ स्थित कयर खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, बागमती गाउँपालिका-५ भोर्लेनी बस्ने २२ वर्षीया भगवती भोलन सोही ठाउँ बगेरीस्थित बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट हराएको भनी खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोर्लेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

मकवानपुर, मकवानपुर गढी गाउँपालिका-६ सरङकोट बस्ने पंच बहादुर बिककी छोरी १३ वर्षीया मिना बिक मृत अवस्थामा फेला परेकी छिन् । साही ठाउँस्थित सामरी खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको देखिएको छ ।

कञ्चनपुर, बेदकोट नगरपालिका-२ जडेपानी बस्ने गजेन्द्र धामीकी छोरी २ वर्षीया राधीका धामी मृत अवस्थामा फेला परेकी छिन् । उनीपनि घर नजिकैको बोरिङको पानी ट्याङकीमा डुबेर बुधबार राति मृत्यु भएको हो

यस्तै सुर्खेत लेकबेशी नगरपालिका-१ रातामाटे बस्ने जितेन्द्र थापाको छोरा १३ वर्षीय आशिष थापा मृत अवस्थामा फेला परेका छन् । उनको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको हो ।

सम्बन्धित खबरहरु