काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशित गरेको हो ।

स्नातकोत्तर तहको दोस्रो सेमेष्टरको नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘यस संकायद्धारा २०७७ साल मंसिर/पौष महिनामा सञ्चालित स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षाको नतिजा यस शिक्षाशास्त्र संकाय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय बमोजिम प्रकाशन गरिएकोले सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

साथै त्रिविले परीक्षाफल सकेम्म त्रुटीरहित होस् भन्ने उदेश्य राखेर प्रकाशित गरिएको बताउँदै छपाई तथा अन्य कुनै कारणबाट गल्भी भएको भए कार्यालयको मुल अभिलेखबाट सच्याइने जानकारी दिइएको छ ।

नतिजा मन नपरेकाहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र निवेदन दिनुपर्नेछ । केही परीक्षार्थीहरुको नतिजा स्थगित पनि गरिएको छ । परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उर्तीण भएका छन् ।

सम्बन्धित खबरहरु