२०७८ असाेज २२ गते, शुक्रवार, ८ अक्टाेबर २०२१। आश्विन शुक्लपक्ष द्वितीया तिथि, १३ः२९ बजेदेखि तृतीया। स्वाती नक्षत्र। चन्द्रराशि– तुला। पढ्नुहोस्  आजको राशिफल :-

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - धन आर्जनका नया स्रोतहरु पत्ता लाग्नेछ्न, बैदेसिक क्षेत्रमा सफलता मिल्नेछ, नया काम वा रोजगारको अवसर आउनेछन, भाग्यले विभिन्न अवसर जुराउनेछ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - इस्टमित्र आफन्तजन बाट सहयोग प्राप्त हुनेछ, धन मान तथा प्रतिष्ठामा वृद्धि होला, तर दिउसो बाट टाउको दुख्ने समस्या हुनसक्ला, खानपानमा बिशेष ध्यान दिनुहोला।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - धैर्य तथा संयमित हुनुपर्ने देखिन्छ, आजको दिन भोगविलासको सामान खरिदबिक्रीमा जानेछ। टाढा रहेका दाजुभाई सँग भेट हुनेछ ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) -चोटपटकको भय देखिन्छ, कुनै अर्को स्थान मा जादा वा सवारी साधन चलाउदा बिशेष ध्यान दिनुहोला, तर पनि नया जग्गा जमिन पनि खरिद बिक्रि [पनि हुनसक्छ। आजको दिन पितृहरुलाई सम्झिएर जल चढाऊनाले शुभ होला ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - आजको दिन शैक्षिक क्षेत्रमा सहभागी भइएला, पठनपाठन तथा लेखन मा रुची बढ्नेछ, सन्तान प्राप्तिका कारण मन हर्षित रहनेछ। आजको दिन भगवान श्रीकृष्णलाइ सम्झिएर शुरु गर्दा अझै राम्रो हुनेछ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - शत्रुपक्षहरु कमजोर होलान, तरपनि व्यर्थको भ्रमण होला, नचाहदा नचाहदै पनि कसलाई धन दिन पर्ला, अधुरा कामहरु आजपनि बढ्नेछन।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - प्रेमप्रेमिकाको भेट होला, कुनै नया स्थानको आकर्षक यात्रा होला, कुनै नया कार्यमा हस्तक्षेप पनि हुन सक्छ। आजको दिन समग्रमा रमाइलो हुनेछ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - तपाइलाई आज पशुचौपाया बाट आक्रमण हुनसक्छ, जल तथा अग्नि भय पनि हुनसक्छ सकेसम्म नदि या तलाउ नगएकै राम्रो होला, तर पनि दिउसो बाट समय अनुकुल रहनेछ, आटेका काम पुरा हुनेछन ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - बौद्धिक कार्यमा प्रगति हुनेछ, आजको दिन तपाइको प्रसंशा सबैतिर फैलिनेछ, बैदेसिक यात्राको लागि पनि राम्रो अवसर आउनेछ, मान्यजनको सहयोगबाट नया कार्यको थालनी हुनसक्छ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - राज्यपक्षबाट सहयोग मिल्ला, ब्यापार तथा जागिरबाट लाभ होला, कुनै रचनात्मक कार्यमा सहभागी भइएला। आजको दिन समग्रमा राम्रो छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - सन्तान पक्षबाट सहयोग प्राप्त हुनाले नया कारोबार शुरु गरिएला, यात्राको लागि आजको दिन अनुकुल रहेको छ, धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) -आज तपाइको प्रगति देखेर डाहा गरेहरु को कमि हुनेछैन, काम गर्दा सचेत रहनुहोला, आजको दिन काम भन्दा कुरा बढी हुनेछन तरपनि मठमन्दिरको दर्शनले मन प्रफुल्ल रहला ।

सम्बन्धित खबरहरु