काठमाडौं । साताको अन्तिम दिन आज सुनको मुल्य बढेको छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दशैँको पहिलो दिन गत बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार थप २०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ६०० रुपैयाँ पुगेको हो ।

अर्कोतिर आज तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै वृद्धि हुँदै ९० हजार १५० रुपैयाँ पुगेको छ । महासंघका अनुसार चाँदीको मूल्य भने आज शुक्रबार गत बिहीबारकै मूल्य कायम रहँदै अस्थिर रहेको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

दसैँको पहिलो दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको थियो । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ४०० तोकिएको थियो ।

त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला रु ८९ हजार ९५० पुग्यो । बुधबार प्रतितोला रु ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो । महासङ्घका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर एक हजार १७० कायम भएको थियो ।

चाँदी बुधबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

सम्बन्धित खबरहरु