काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारी पुरा भएसँगै नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री र मन्त्रालयको टुंगो लगाउँदै छ ।

एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने बताइएको छ ।

एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दै हुनुहुन्छ । उहाँहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी दिनुभयो ।

स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्दै हुनुहुन्छ ।

बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।

आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु