काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद्‍मा भागवण्डा लिएको अब चर्चा मात्र बाकी रहेन पुष्टी नै भएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्नो कोटामा आफ्नै जेठान बाँकेका गजेन्द्र हमाललाई मन्त्री बनाउनुभएको छ ।

परमादेशबाट प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवा प्रधानन्यायाधीश जबराको मागमा निरिह बन्नुभयो ।

र प्रधानन्यायाधीश जबराले भनेकै पात्र मन्त्री बनाइदिनुभयो । प्रधानन्यायाधीश जबराका आफ्नै जेठान हमालले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको सपथ लिँदै हुनुहुन्छ ।

संघीय सांसदसमेत नभएका हमाल मन्त्री बन्ने भएपछि खैलाबैला भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र बाँकेका गजेन्द्र हमालबीच पारिवारिक नातासम्बन्ध छ ।

प्रधानन्यायाधीश जबरा र हमालबीच ज्वाईँ–जेठानको सम्बन्ध रहेको हमालको पारिवारिक स्रोतले पुष्टी गरेको छ ।

स्रोतका अनुसार प्रधानन्यायाधीशको कोटामा पर्नुभएका गजेन्द्र हमाल नाताले चोलेन्द्र शमशेर जबराका आफ्नै जेठान हुनुहुन्छ । जबराले गजेन्द्रकी सहोदर बहिनीसँग पहिलो विवाह गर्नुभएको थियो ।

उहाँको निधनपछि जबराले दोस्रो विवाह गर्नुभएको हो । हमालसँग प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ससुरालीतर्फको नाता जोडिएको छ ।

सम्बन्धित खबरहरु