काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेको सरकार निल्नु न ओकल्नु बनेको छ ।

भनिन्छ नी नखाऊँ भने दिनभरीको शिकार खाऊँ भने कान्छा बाबुको अनुहार आजको दिन देउवाका लागि यस्तै भएको छ ।

अब सरकारमा रहेसम्म देउवालाई यस्तै हुनेछ । न उहाँ डाक्टर मिनेन्द्र रिजालको अनुहार सिँधा हेर्न सक्नुहुन्छ न त रिजालले देउवाका अगाडी टाउँको माथी नै उठाउँन सक्नुहुन्छ ।

यस्तो सम्बन्ध भइसकेका पात्र रामचन्द्र पौडेलले आफ्नो पक्षको कोटाबाट भन्दै रिजाललाई मन्त्रीमा सपथ लिन पठाउँनुभयो । यो देखेपछि एकछिन त देउवा छाँगाबाट खसेझै बन्नुभयो ।

किनकी कुनै बेला रिजाल देउवाका विश्वास पात्र हुनुहुन्थ्यो । घरको भित्रिया भनेर बुझिन्थ्यो । तर एकदिन देउवा निवास बुढानिलकण्ठमा रिजालले आफ्नो हैसियत बिर्सिएर गरेको हर्कत देउवा स्वयंले देख्नुभयो । त्यो काण्ड कांग्रेस बृतमा भाइरल छ ।

भन्नु पो यसो भा छैन भन्दै गुटमा बसेका झुण्डहरुमा अहिलेपनि त्यो काण्ड कहानीको रुपमा सुनाउँने गरिन्छ ।

उनी रिजाल र दिलेन्द्र प्रसाद बडूलाई मन्त्री बनाउनु भनेर कांग्रेस नेता पौडेलले आफ्नो भागबाट सिफारिश गर्नुभयो । यो देखेर देउवा केही समय त बोल्न नी नसकेको प्रधानमन्त्रीको सचिवालय श्रोतले बतायो ।

मिनेन्द्र रिजाललाई देउवाले देखि सहन सक्नुहुन्न । आमुन्नेसामुन्ने हुँदापनि घोसे मुण्टो बनाएर रिजाल हिँड्नुहुन्छ ।

अब भने सँगै काम गर्नुपर्ने भएको छ । पहिला देउवा समूहमै रहेका रिजाल त्यही घटना पछि पौडेल समूहमा जानुभएको थियो । पौडेल समूहबाट उहाँले बारम्बार लाभको पद लिइरहनुभएको छ ।

२०७० सालमा शुशील कोइराला सरकारमा सञ्चार मन्त्री बन्नुभएका उहाँ अहिले रक्षा मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ पहिले सञ्चारमन्त्री हुँदापनि राष्ट्रिय चलचित्र अवार्ड वितरणमा विवाद भएको थियो ।

त्यो बेलापनि उहाँलाई युवतीसँग जोडेर समेत हेरिएको थियो । बारम्बार विवादमा तानिनुभएका पात्र रिजाल र देउवाले एउटै क्याविनेटमा रहँदा सम्बन्धलाई कसरी अघि बढाउनुहुन्छ त्यो भने हेर्न बाँकी छ ।

 

सम्बन्धित खबरहरु