काठमाडौ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले केही बेरमा शिक्षा मन्त्रीको सथप लिँदैहुनुहुन्छ ।

तर त्यो भन्दा पहिले नै उहाँको कालो कर्तुत बाहिर आएको छ । यसले सपथग्रहणमा कति असर पार्ने हो भन्ने चासो बढेको छ ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनेको नेकपा (माओवादी केन्द्र) त्यसयता तीन पटक आफ्नै नेतृत्वसहित पटक–पटक सरकारमा गयो ।

दर्जनौँ पटक पार्टी सरकारमा जाँदा अधिकांश नेताहरुले दोहोर्याई, तेहेर्याई मन्त्री बन्ने अवसर पाएपनि केही नेता भने त्यस्तो अवसरबाट बन्चित हुँदै आउनुभएको थियो ।

पटक–पटक पार्टी सरकारमा जाँदा पनि मन्त्री बन्न नपाएका हालको स्थायी कमिटीका एक मात्र नेता देवेन्द्र पौडेल हुनुहुन्थ्यो। खुला राजनीतिको लगभग १६ वर्षे अवधिमा केही नेताका श्रीमान–श्रीमती नै मन्त्री बनेपनि पौडेल भने कर्नरमा पर्दै आउनुभएको थियो ।

उहाँ पौडेललाई माओवादीले यसपटक शिक्षा मन्त्री बनाएको छ । पौडेलले अवसर नपाउनुमा खास कारण रहेको श्रोतको दावी छ । तत्कालीन एकीकृत माओवादीमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईबीच अन्तरविरोध चर्किंदा पौडेल भट्टराईतिर लागेर प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार बन्नुभएको थियो ।

त्यहीबेला नाम्गेल शेर्पालगायतका ब्यापारीलाई अमेरिका छिराउने क्रममा दूतावासले उहाँको समेत भीसा रोकिदिएको थियो । पछि भट्टराईले माओवादी छोडेर नयाँ शक्ति गठन गर्दा त्यतै लाग्नुभएका पौडेल गत आम निर्वाचनताका माओवादीमै फर्किएर बाग्लुङबाट चुनाव जित्नुभएको हो ।

माओवादीले मन्त्रीमा प्रस्ताव गरेर पौडेलमाथि न्याय गरेको भन्दै गर्दा आफ्नै सवारी चालकमाथि उहाँले अन्याय गरेको घटना बाहिरिएको छ । पौडेलले झण्डै दुई वर्षको पारिश्रमिक नदिएको भन्दै उहाँका सवारी चालक रोशन पौडेलले सामाजिक सञ्जालमा हारगुहार गरेपछि घटना सार्वजनिक भएको हो ।

रोशनले आफ्नो पारिश्रमिक वापतको ३ लाख ६८ हजार रुपैयाँ पौडेलले खाइदिएको भन्दै फेसबुकमा गुनासो पोख्नुभएको छ । ०७१ साल फागुनदेखि ०७३ चैत्रसम्म पौडेलको निजी चालकका रुपमा काम गरेको तर, अहिलेसम्म ६० हजार मात्र दिएर बाँकी रकम नपाएको रोशनको दाबी छ ।

मासिक १७ हजार पारिश्रमिक तोकिएर काम गरेको बताउँदै उहाँले चार लाख २५ हजार पाउनुपर्नेमा जम्मा ६० हजार मात्र पाएकाले अब ३ लाख ६८ हजार पौडेलसँग लिनुपर्ने हिसाब निकाल्नुभएको छ ।

सुवर्ण अर्याल नामक व्यक्तिले ग्लोबल आइएमइमा रहेको पौडेलको खातामा २०७७ साउन ८ गते ३३ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको भौचर बाहिरिएपछि यस्तो आरोप लागेको हो ।

रोशनसँग गत वर्षको पहिलो लकडाउनमा पौडेललाई भेट्न काठमाडौँ आउँदा गेटबाट फर्किनु परेको तीतो अनुभव पनि रहेछ । कोरोना संक्रमणको खतरा हुने भन्दै आफूलाई गेटबाटै छिर्न नदिएको उहाँले गुनासो गर्नुभयो । बुटवलमा ड्राइभरी गरिरहेका उहाँ प्रचण्डलाई भेटेर गुनासो पोख्ने तरखरमा हुनुहुन्छ ।

यता, स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँ लुकाएको आरोप पनि यहीबेला पौडेलमाथि लागेको छ । सुवर्ण अर्याल नामक व्यक्तिले ग्लोबल आइएमइमा रहेको पौडेलको खाता (१७०७०१०००२०४७) मा २०७७ साउन ८ गते ३३ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको भौचर बाहिरिएपछि यस्तो आरोप लागेको हो ।

ग्लोबल आइएमइका अध्यक्ष चन्द्र ढकाल र पौडेल टाढाको नाताले मामा–भान्जा पनि हुनुहुन्छ । त्यसैले पौडेलले त्यहाँ रकम ब्यवस्थापन गरेको निकटहरुको दावी छ ।

पौडेलसँग नयाँ शक्तिमा रहँदाको रोचक किस्सापनि छ । कुरा के रहेछ भने, बबरमहलस्थित केन्द्रीय कार्यालयमा नयाँ शक्तिको केन्द्रीय समिति बैठक बसिरहेको थियो । बैठकको वीचमा जुरुक्क उठेर पौडेलकी श्रीमती बलावती शमाले भन्नुभयो, ‘बाबुराम दाइको पार्टीमा लागेर जीवनभर सांसद बन्न सकिंदैन । त्यसैले हामी माओवादीमै फर्कनुपर्छ ।’

आफूले भरोशा गरेको मान्छेले नै सांसद बन्न माओवादीमा फर्किने बताएपछि डा. भट्टराईले पनि भन्दिनु भएछ, ‘ल ठीक छ सांसद हुने रहर छ र प्रचण्डले पनि बनाउने हो भने जानु न त ।’

नेपालको वामपन्थी आन्दोलनमा पौडेल पुराना नेता हुनुहुन्छ । कठिन संघर्ष गरेर यहाँसम्म आइपुगेकाले पनि कुनै दुई मत छैन । राजनीतिक योगदान र हालसम्म अवसर नपाएका हिसाबले मन्त्रीका लागि त झन् उहाँ योग्य पात्र नै हो । तर, आफूमाथि उठेका यस्ता प्रश्नको जवाफ नदिई सिंहदरबार यात्रा स्वयं पौडेलका लागि पनि सुखद नहुन सक्छ । जनआस्थामा खबर छ ।

सम्बन्धित खबरहरु