काठमाडौ । पूर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले मन्त्रिपरिषदमा निर्दलीय ब्यक्तिको सहभागिताले सर्वोच्च अदालतबाट आएको परमादेश लेनदेनको आधारमा आएको तथ्यलाई प्रमाणित गरेको बताउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सिफारिशमा उहाँकै जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गर्नुभएपछि थापाल यस्तो ठोकुवा गर्नुभएको हो ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणाा राख्दै पूर्वउपप्रधानमन्त्री थापाले भन्नुभएको छ, ‘वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘निर्दलीय’ व्यक्तिको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ।’

उहाँले यो घटनाले न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति पुगेको निश्कर्ष पनि सुनाउनु भएको छ ।’

न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो। कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ।

गठबन्धन नाङ्गो भएको छ।प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो,’ थापाले भन्नुभएको छ ।

यस्तो छ थापाको भनाई

वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘निर्दलीय व्यक्तिको सहभागिताले’परमादेशु लेनदेनको आधारमा भएको प्रमाणित भएको छ। न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो।कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ। गठबन्धन नाङ्गो भएको छ। प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो ।

सम्बन्धित खबरहरु