काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, कानुन संकायले आज नतिजा प्रकाशित गरेको हो ।

नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिवि कानुन संकाय, परीक्षा सञ्चालक समितिको मिति २०७८ साल असोज २२ गते सबेको बैठकको निर्णयानुसार स्नातक तह बी.ए.एल एल.एल.बी पाँचौं सेमेष्टर अन्त्य परीक्षा २०७७ को परीक्षाफल प्रकाशन गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

अगाडि भनिएको छ, ‘विस्तृत जानकारीका लागि सम्बन्धित कलेजहरुमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ ।

परीक्षाफलको ग्रेड सीट सम्बन्धित क्याम्पसहरुबाट कार्यालय सूचारु भएको मितिले ०७ दिन पश्चात उपलब्ध गराइने छ ।’

त्रिविका अनुसार प्रकाशित नतिजा मन नपरेमा कार्यालय सूचारु भएको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिनुपर्नेछ ।

सम्बन्धित खबरहरु