काठमाडौ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ गराउनुभएको हो । साथै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ गराउनुभयो ।

प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषदलाई आज पूर्णता दिनुभयो । देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले मन्त्री नियुक्त गर्नुभएको थियो । देउवाले सांसद नरहेका गजेन्द्र हमाललाई पनि मन्त्री बनाउनुभएको छ । यस्तो छ सूची

सम्बन्धित खबरहरु