काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दश बुँदे सहमतीलाई राजनीतिकरुपमा परिभाषित गर्नुपर्ने बताउनुहुँदै यसलाई निर्जिवरुपमा बुझ्न नहुने धारणा व्यक्त गर्नुभएको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आयोजित एमाले निकट बुद्धिजीविहरुको राष्ट्रिय भेलामा पोखरेलले २०७५ जेठ २ मा फर्केर अब पछि समाहित हुनुभएको साथीहरु अलग्गै रहन नमिल्ने बताउनुभयो ।

एमालेमा जेठ ३ मा एउटा नेतृत्व, २०७७ पुष ५ गतेपछिको अर्को नेतृत्व, फागुन २३ गतेको सर्वोच्च आदलतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताएपछिको अर्को नेतृत्व र पछिल्लो समय एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपाल अलग हुनुभएपछि अर्को परिस्थिति सिर्जना भएको अवस्थामा दश बुँदेलाई निर्जिवरुपमा बुझ्न नहुने प्रष्ट्याउनुभएको हो ।

‘आगामी दिनमा पार्टी विभाजनको विपक्षमा उभिदै जो, जहाँ–जहाँ छौं, त्यहीबाट क्रियाशील हुनुपर्छ’, पोखरेल बताउनुहुन्छ । उहाँले एमाले विभाजन र देशको कम्युनिष्ट आन्दोलनमा भएका घटनाको यथोचित समीक्षा गर्नुपर्ने पनि बताउनुभयो ।

सम्बन्धित खबरहरु