काठमाडौं । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिनु भएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनु भएको हो ।

उहाँले मुलुकको आवश्यक्ता र जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुका नाममा निर्देशन जारी गर्नुभएको हो । प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गर्नुभयो ।

नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी गराउनुभयो । आजको बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ ।

त्यसैगरी मन्त्रीपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्विकृत गर्ने र मन्त्रीपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित खबरहरु