काठमाडौं । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु–भागबाट बहिर्गमन भएको छ ।

नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन । शुक्रबारबाट नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबारबाट यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको जनाएको हो ।

हाल मौसमको अवस्था
हाल प्रदेश नं १ र बांकी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

सम्बन्धित खबरहरु