काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन् । शुक्रबार साँझ यादवको पुत्ला दहन गरिएको हो ।

प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा पनि लगाएका थिए । शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वर भूमि पर्साबाट कसैलाई नसमेको उनीहरुको आरोप छ ।

अध्यक्ष यादवमाथि आफ्ना आसेपासे र आन्दोलनमा योगदान कम भएका व्यक्तिलाई सिफारिस गरेको उनीहरूको आरोप छ । अर्कोतिर उनीहरूले पर्सामा अध्यक्ष यादवलाई प्रवेश निषेध गर्ने चेतावनी समेत दिएका छन् ।

६ महिना लामो मधेश आन्दोलनको अगुवाइ गर्ने पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाइनु पर्सालाई उपेक्षा गरिएको प्रदर्शनकारीको आरोप छ ।

सम्बन्धित खबरहरु