काठमाडौ । एजेन्सी । इण्डीयन प्रिमियर लिग ( आईपिएल ) टि–ट्वान्टी क्रिकेटको प्ले अफ् समिकरण पूरा भएको छ ।

लिग चरणको अन्तिम खेलमा गएराति मुम्बइ इण्डीयन्सले सनराइजर्स हैदरावादलाई ४२ रनले हराएसँगै प्ले अफ् समिकरण पुरा भएको हो ।

अबुधाबीमा भएको खेलमा पहिले व्याटिङ गरेको मुम्बइले २० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । जवाफमा २ सय ३६ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन मात्रै बनाउन सक्यो ।

जितका बाबजुद मुम्बइ इण्डीयन्स प्ले अफ्मा पुग्न भने असमर्थ रह्यो । १४ खेलबाट १४ अंक जोडेको मुम्बइ पाँचौ स्थानमा समेटियो । समान १४ अंक जोडेको कोलकाता नाइटर राइडर्स रन रेटको आधारमा मुम्बईलाई उछिन्दै प्ले अफ्मा पुग्ने चौथो टोलि बन्यो ।

यसअघि दिल्ली क्यापिटल्स, चेन्नाई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लोर शिर्ष तिन स्थानमा रहँदै प्ले अफ्मा छनौट भईसकेका छन् । फाइनल प्रवेशको लागि अब शिर्ष स्थानको दिल्लीले दोस्रो स्थानको चेन्नईसँग खेल्नेछ । तेस्रो स्थानमा रहेको बैंग्लोर र चौथो स्थानको कोलकाताले भने एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।

प्लेअफ कसरी मिल्छ ?
पहिलो क्वालिफायर अक्टोबर १० (दुबई) दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स

एलिमिनेटर, अक्टोबर ११ (शारजाह) (रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स

दोस्रो क्वालिफायर, १३ अक्टोबर (शारजाह) एलिमिनेटर को विजेता र पहिलो क्वालिफायर हराएको टोलीबीच

फाइनल १५ अक्टोबर (दुबई) पहिलो क्वालिफायर को विजेता र दोस्रो क्वालिफायरको विजेता टीमबीच

सम्बन्धित खबरहरु