काठमाडौं । नेपाल भागेको आरोप लागेका लखीमपुर खेरी सदरका विधायक योगेश वर्मा र केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रा, टेनीका संसदीय प्रतिनिधि अरविन्द सिंह र आशिष मिश्रा आफ्ना वकिलहरु सहित प्रहरीकहाँ पुगेका छन् ।

उनीहरु मुख्य ढोकाबाट नभई पछाडिको ढोकाबाट पैदल चौकी पुगेका हुन् । लखीमपुर खेरीका प्रहरी उपरीक्षक विजय धुलले भने कि अपराध शाखाले आशिष मिश्रालाई सोधपुछ गरिरहेको छ ।

अजय मिश्रा टेनीको कार्यालय प्रहरी लाइनबाट केहि मिटर टाढा छ । यदि आज पनि आशिष मिश्रा प्रहरी समक्ष उपस्थित नभएको भए प्रहरीले अदालतबाट उनीविरुद्ध वारेन्ट जारी गर्न सक्थ्यो ।

सो मामिलामा उत्तर प्रदेश (यूपी) प्रहरीले अनुसन्धानको क्रममा देखाएको रवैयाको लागि भारतको सर्वोच्च अदालतले पनि आलोचना गरेको थियो । प्रहरीको कारबाहीबाट असन्तुष्ट, सर्वोच्च अदालतले, ‘के तपाईं देशका अन्य ज्यान सम्बन्धी कसुरका अभियुक्तहरुलाई यस्तै व्यवहार गर्नुहुन्छ ?’

भनेर सोधेको थियो । सर्वोच्च अदालतले उत्तर प्रदेश सरकारको यो प्रस्ताव सीबीआइलाई सुम्पने सुझाव पनि स्वीकार गरेको थिएन् ।

उत्तर प्रदेश सरकारका वकिलहरुलाई, ‘तपाईंलाई थाहा छ कि हामी यो किन गर्दैनौं ।’ भनेर भनेको थियो ।

अर्कोतिर, भारत, पञ्जाब कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धू पत्रकार रमन कश्यपको निवासमा मौन अनशन र भोक हड्तालमा बसिरहेका छन् । सिद्धूले आशिष मिश्रा पक्राउ नहुन्जेल अनशनमा बस्ने बताएका थिए ।

 

सम्बन्धित खबरहरु