काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित मन्त्रीलाई लिएर नयाँ बयान जारी गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले उद्योगमन्त्री गजेन्द्र हमालको नियुक्ति प्रधानन्यायाधीशसँग नजोडिएको बयान दिनु भएको हो ।

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नाम जोड्नु गलत्त हुने पनि उहाँको ठहर छ । प्रचण्डले हमाल कांग्रेसको कोटामा मन्त्री भएको स्पष्ट पार्नुभयो ।

यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस्तै बयान दिनु भएको थियो । सांसद नै नभएको व्यक्तिलाई मन्त्री बनाएपछि विवाद चुलिएको हो ।

अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश र उद्योगमन्त्रीको बचाउ गर्दै अनावश्यक रुपमा होहल्ला गरिएको टिप्पणी गर्नुभयो । शनिबार, भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डलेले कांग्रेसको अध्यक्ष भइसकेको मान्छेलाई अनावश्यक रुपमा उचालिएको दाबी गर्नुभयो ।

उहाँका अनुसार हमाल नेपाली कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो, कांग्रेसकै कोटाबाट मन्त्री हुनुभएको हो । बाहिर आए जस्तो कुनै तमासा गर्नु कुनै आवश्यक नै छैन ।

नेपाली कांग्रेसले आफ्नो पार्टीको मान्छे हो भन्दा भन्दै पनि यता हो र त्यता हो भनेर अनावश्यक अरु चर्चा गर्नुको केही तुक नभएको उहाँले स्पष्ट पार्नुभयो ।

न्यायालयको सेटिङ भन्ने कुरा निराधार भएको उहाँले दावा गर्नुभयो । तपाईंलाई जानकारी गराउ कि संवैधानिक व्यवस्थाअनुसार गैह्र सांसद पनि मन्त्री भएको ६ महिनाभित्र सांसद हुने व्यवस्था रहेको छ ।

सम्बन्धित खबरहरु