काठमाडौं । विवाहपछि सबैको जीवन पट्यारलाग्दो हुन्छ भन्ने जरूरी हुँदैन । तपाईं सधैं आफ्नो जीवनसाथीको लागि सम्बन्धमा नयाँपन ल्याउनको लागी सानो–सानो कुराहरु गर्न सक्नुहुन्छ ।

यस्तै एक घटना पाकिस्तानमा देखिएको छ । पाकिस्तानका मान्छेले आफ्नो साथीलाई खुशी पार्न धेरै ठुलो कुरा गर्दैनन् ।

तर हालै सामाजिक सञ्जालमा उनकी श्रीमतीको प्रतिक्रियासहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मानिसहरु भिडियोलाई मन पराउँदै छन् ।

कन्टेन्ट क्रियटर बिलाल खानले आफ्नी श्रीमती दुआ सिद्दीकीलाई एउटा गुलाफ उपहार दिएर चकित पारे, जसकारण उनी लजाइन् ।

भाइरल भिडियो बिलालले आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गरेका छन् । यो भिडियो २३ सेप्टेम्बरमा पोस्ट गरिएको थियो । भिडियोलाई लाखौंले हेरेका छन् । भाइरल भईरहेको भिडियोमा श्रीमान् केही फलफूल र किराना सामान किनेर घर फर्किएको देखिएको छ ।

बिलालले आफ्नी श्रीमतीलाई गेट बाहिर बोलाए जब उनी बाहिर उनको कारमा पर्खिरहेका थिए । जब उनी बाहिर आउँछिन्, कारको नजिकै उभिन्छिन् ।

बिलालले किराना सामान वितरण गर्नुको सट्टा, रातो गुलाफ दिन्छन् । कती रोमान्टिक छ, हैन ? उनी फेरि मुस्कुराईन् र भन्छिन्, ‘मासु चुल्होमा छ, तिम्रो माया सकिँदैछ । केरा देउ ।’ बिलालकी श्रीमतीको यो प्रतिक्रिया देखेर, मानिसहरु धेरै खुसी हुँदैछन् ।

 

सम्बन्धित खबरहरु