काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले कोभिडको कारण रोजगारी गुमाएकालाई रोजगारी सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजबादी) तनुहँले शनिबार दमौलीमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले स्वदेश तथा बिदेशमा रोजगारी गुमाएका श्रमिकलाई देशभित्रै रोजगारी सिर्जना गर्ने तथा बिदेश जान चाहनेहरुलाई आकर्षक श्रम गन्तब्यमा पठाउने बताउनु भयो ।

सातै प्रदेशमा रोजगारी गुमाएका व्यक्तिको तथ्याङ्क सङ्कलन भइरहेको उक्त कार्यक्रम सार्वजनिक भइसकेपछि आफुले त्यसबारेमा आधिकारिक योजना सार्वजानिक गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । अहिले सरकार संविधानको कार्यान्वयन र समृद्धिका लागि काम गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

सो कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झांक्रीले पनि सरकारले संविधानको रक्षा र कार्यान्वयन गर्दै जनताको अपेक्षाहरु पुरागर्ने बताउनुभयो । नेकपा (एकीकृत समाजबादी) तनुहँका अध्यक्ष शंकरनारयण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद कलिला खान लगायतले धारणा राख्नुभएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु