काठमाडौं । सहरी विकास मन्त्रालयको पदभार सम्हाल्दा रामकुमारी झाँक्री यति खुशी देखिनुभयो की लाग्छ उहाँले होस् हावास नै गुमाउनसक्नुहुन्छ ।

छेउमा बस्ने कर्मचारी त चकित नै भए । बाहिरी स्वभाव हेर्दा कतै मन्त्री निक्कै वजनदार कडा हुनुहुन्छ की कडा रुपमा प्रस्तुत भएर केही निर्देशन पो दिनुहुने हो की भन्ने लागेका कर्मचारी समेत वाल्ल पर्नुभयो ।

भित्र प्रवेश गर्ने वित्तिकै उहाँका थामिएर कुर्सीमा समेत बस्न सक्नुभएन । उहाँ बस्न खोज्दा कुर्सी गुडेर पछि तर्फ गयो । झण्डै त्यही लड्नुभएन ।

सम्हालिएर तानेर कुर्सीमा बस्नुभयो । अगाडी कर्मचारी पत्रकार, सहकर्मी धेरै उपस्थित हुनुहुन्थ्यो । त्यसपछि केही बोल्दै हास्न थाल्नुभयो ।

यति उन्मत्त होसो थियो की मानौ उहाँ सम्हालिन सक्नुहुन्न । गाडीबाट ओर्लेदेखि नै उन्मुक्त हाँसोमा देखिनुभएका झाँक्रीका हरेक पोजमा हाँसोबाहेक अरु देखिदैन थियो ।

उहाँको हरेक शब्द र सेकेण्डमा नथामिएको होसो देख्दा नजिकका कर्मचारीलाई बैराग लागेको थियो । निक्कै अस्वभाविक भएकै कारण पचाउन नै मुस्किल थियो ।

सम्बन्धित खबरहरु