काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा शनिबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । मन्त्री झाँक्रीका अनुसार पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु हुनेछ ।

मन्त्री झाँक्रीले भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोहीविरुद्ध लड्ने उद्घोष गर्नुभयो ।

झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षाअनुसार काम गर्ने स्पष्ट पार्नुभयो । समय छैन भनेर बस्ने छुट नभएको बताउँदै यो समयमा केहि गर्नुपर्ने उहाँको तर्क थियो ।

एकीकृत समाजवादी सचिव समेत रहनु भएकी झाँक्रीले गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै विकास नभई, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्ने तर्क गर्नुभयो । न्यायोचित विकासको पक्षमा आफू रहेको उहाँले जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु