काठमाडौं । दैलेखमा बस दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोट हुँदै जुम्लाका लागि छुटेको बस दैलेखमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जानकारी दिएको छ । सो दुर्घटनामा सात जना घाइते भएका छन् ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ दारेभिरमा बस दुर्घटनामा परेको हो । यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

ना ६ ख ९२२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दियो । मृतक अछामका हुन् ।

जानकारी अनुसार ७४ वर्षीय भक्तबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अरु ७ जना घाइते भएका छन् । शनिबार राति ८ बजे दुर्घटना भएको हो ।

बस दुर्घटनाको कारण खुलेको छैन । दशैंको मुखमा मानिसहरु घर फर्किने थालेका छन् । यो बीचमा सडक दुर्घटनाका घटनाहरु बढ्न थालेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु