काठमाडौं । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका घाइतेको उद्धार गरिएको छ । शुक्रबार भिरबाट लडेर घाइते भएका युवकलाई नेपाली सेनाले उद्धार गरेको हो ।

उनको हेलिकोप्टरमार्फत शनिबार उद्धार गरिएको जानकारी दिइएको छ । सोही गाउँपालिका–२ साप्पाटा बस्ने ४० वर्षीय नरेन्द्र बुढा घाइते भएका हुन् ।

उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुढा शुक्रबार भिरबाट लडेर घाइते हुनु भएको हो ।

अवस्था गम्भीर भएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च व्यहोर्ने गरी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

प्रशासनको समन्वय र मन्त्रालयको सहयोगमा घाइते भएका बुढाको उद्धार गरिएको अधिकारीले उल्लेख गर्नुभयो ।

उद्धार गरिएका बुढालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । यसको पुष्टि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले गर्नुभयो ।

सम्बन्धित खबरहरु