काठमाडौं । आज देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशभर सामान्यतया सफा देखि आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ आश्विन २४ गते (आईतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन २५ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन २६ गते (मंगलबार)
दिउँसो: देशभर सामान्यतया सफा देखि आंशिक बदली रही गण्डकी , लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया सफा देखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु