काठमाडौँ । माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज भारतविरुद्ध कडा रुपमा प्रतिस्पर्धामा उत्रिदैछ । यो बर्ष नेपाल इतिहास रच्ने तयारीमा छ ।

नेपाललाई राजनीतिक रुपमा देखाएको हेपाहा प्रवृत्तिको बदला आज नेपालले मैदानमा लिने खेल पण्डितहरुको विश्लेषण छ ।

किनकी यसअघिका खेल हेर्दा नेपालले भारतलाई मैदानमा नै धुलो चटाउने निश्चित छ ।

मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ ।

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई सहज त छैन तर यो प्रतियोगिताका अघिल्ला खेल हेर्दा यतिबेला भारतभन्दा नेपाल बलियो देखिएको छ ।

सुरुवाती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ । नेपाल शीर्ष स्थानमा छ । भारत भने नेपालले जितेको टोलीसँग बराबरीमा रोकिएको छ ।

भारतविरुद्धको खेल नेपालको लागि महत्त्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित मालदिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ । आज भारतलाई जितेमा लगभग नेपालको उपाधिमा दावी रहन्छ ।

फाइनलमा पुग्न भारतलाई जित्नैपर्ने दवाव छ भने नेपालले यो खेल हारेपनि अर्को खेलमा सुधार गर्ने मौका छ । यसैले नेपाल दवदवासाथ प्रस्तुत हुने देखिन्छ । दुई खेल खेलेको नेपाल दुबै खेल जिते शीर्ष स्थानमा छ ।

तीन खेल खेलिसकेको बंगलादेश एक खेल हार, एक खेल बराबरी र एक खेल जितसँगै दोस्रो स्थानमा छ । यता दुई खेल खेलेको मालदिभ्स एक खेल जित र एक खेल हारसँगै तेस्रो स्थानमा छ । दुई खेल नै खेलेको भारत भने दुबै खेल बराबरी खेलेर चौथो स्थानमा चित्त बुझाएको छ ।

दुबै खेल पराजित श्रीलंका भने अन्तिम ५ स्थानमा छ । नेपालले मालदिभ्स र श्रीलंकालाई हराएको छ भने भारत बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको छ । यो हिसाबले हेर्दापनि भारतभन्दा नेपाल बलियो देखिन्छ ।

 

सम्बन्धित खबरहरु