काठमाडौं । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ । आज पोखरामा विशेष समारोहका साथ साक्षर प्रदेश घोषणा गर्न लागिएको हो ।

उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउँदै हुनुुहुन्छ । साढे दश बजे प्रधानमन्त्री देउवा पोखरा उत्रने र त्यसपछि नयाँ बजारस्थित क्षेत्रीय संग्रहालयमा निर्माण गरिएको साक्षर स्तम्भको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्तम्भ उद्घाटन लगत्तै पोखरा सभागृहमा ११ बजेपछि औपचारिक रुपमा प्रधानमन्त्री देउवाले साक्षर प्रदेश घोषणा गदै आफनो भनाइ राख्ने गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिनुभयो । गण्डकी प्रदेशको औषत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत छ ।

पोखराको क्षेत्रीय संग्रहालयमा साक्षर स्तम्भ निर्माण गरिएको र त्यसको काम पूरा भएको छ, मन्त्री श्रेष्ठले भन्नुभयो, ‘त्यही स्तम्भ अनावरण गर्ने र पोखरा सभागृहमा साक्षर प्रदेश घोषणा गर्नुहुन्छ ।’

मन्त्रालयबाट प्राप्त तथ्यांक अनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु