काठमाडौं । चर्को आलोचनापछि नव नियुक्त उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिनु भएको छ । उहाँको राजीनामा स्वीकृत भएको छ ।

हमालको नियुक्तिको विषयमा चौतर्फी विरोध र प्रश्न उठेपछि राजीनामा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान राजीनामा दिनु भएको हो ।

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गर्नुभयो । विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाए पछि हमालले राजीनामा दिनुपर्यो ।

आफु लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको आफुले बुझेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

उहाँले विभिन्न संचारमाध्यायमहरुमा संप्रेसित समाचार तथा कानुनविद्हरुले आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको आरोप लगाउनुभयो ।

त्यस्ता समाचारले आफ्नो वर्षौसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायहरुबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको पत्रमा उल्लेख छ ।

तर पनि आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेपछि पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले आशंकाकै बीच मन्त्री हुन नमिल्ने तर्क गर्नुभएको छ ।

उहाँ २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसक्नु भएको छ । तर गैरसांसदलाई प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा जबराका कारण मन्त्री बनाएको भन्दै आलोचना भइरहेको थियो ।

सम्बन्धित खबरहरु