काठमाडौं । पाकिस्तानका प्रसिद्ध परमाणु वैज्ञानिकको निधन भएको छ । डा. अब्दुल कदीर खानको ८५ वर्षको उमेरमा आइतबार निधन भएको हो । खानलाई पाकिस्तानको परमाणु कार्यक्रमको पिता मानिन्छ ।

लामो समयदेखि उनको स्वास्थ्य बिग्रिएको थियो । त्यसपछि उनी खान रिसर्च लेबोरेटरीज (केआरएल) अस्पतालमा भर्ना भएका थिए । उनले आइतबार बिहान अस्पतालमा नै अन्तिम सास लिएका हुन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार सास फेर्न समस्या भएपछि उनी आइतबार बिहान अस्पताल भर्ना भएका थिए । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि यसमा आफ्नो प्रतिकृया दिएका छन् । उनले भनेका छन, ‘डा. अब्दुल कदीर खानको निधनबाट गहिरो दुखी भएको छु ।

उहाँलाई हाम्रो राष्ट्रले अधिक प्रेम गर्दछ किनभने उहाँले हामीलाई एक परमाणु हतियार राज्य बनाउनमा आफ्नो महत्वपूर्ण योगदान दिनुभयो । यसले हामीलाई एक आक्रामक धेरै ठूलो परमाणु छिमेकीको बिरुद्ध सुरक्षा प्रदान गरेको छ ।

पाकिस्तानी जनताको लागी उहाँ एक राष्ट्रिय प्रतिमा हुनुहुन्थ्यो । उहाँको इच्छा अनुसार फैसल मस्जिदमा अन्तिम संस्कार हुनेछ । मृतक परिवारप्रति समवेदना र प्रार्थना गर्दछु ।’

सम्बन्धित खबरहरु