काठमाडौ । चरम विवादपछि नव नियुक्त उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिनु भएको छ ।

मन्त्री हमालको राजीनामापछि नैतिकता देखाउन प्रधानन्यायाधीश र प्रधानमन्त्रीलाई नेपाले उपाध्यक्ष डा. भीम रावलले चुनौती दिनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै व्यापक विरोधपछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नैतिकता देखाउने आँट गर्ने कि नगर्ने भन्दै प्रश्न गर्नुभएको छ । उहाँको पोष्ट यस्तो छ ।

व्यापक विरोध पछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रमं देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्नरु निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएका छन्।

सम्बन्धित खबरहरु