काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने बताउनुभएको छ ।

उहाँले गल्ती गर्ने छुट कांग्रेसलाई नभएको स्पष्ट पार्नुभएको छ । “गजेन्द्र हमालले राजीनामा दिनुभयो, एकदम राम्रो भयो,” उहाँले भन्नुभयो, “उहाँको परिवारको योगदान कांग्रेसले कहिल्यै बिर्सन सक्दैन तर ढाँट्ने र उज्यालोमा जवाफ दिन नसक्ने काम कांग्रेसले गर्नै मिल्दैन ।” उहाँ कांग्रेसी भएर मन्त्री बन्नुभएको हैनन् ।

उहाँले ढाँट्ने र छलकपट गर्ने कामको जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दिनुपर्ने जो कांग्रेसलाई सुहाउँदैन भन्नुभयो ।

“हामी केपी ओली होइनौँ ढाँटिरहनका लागि,” उहाँले भन्नुभयो, “ढाँट्ने र छल्ने कामको जिम्मा केपी ओलीलाई नै दिऊँ ।

कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगरौँ ।” काठमाडौंमा भएको एक कार्यक्रममा आइतबार बिहान थापाले यस्तो बताउनुभएको हो ।

उहाँको यो खुलासाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पानी माथिको ओभानु हुनुहुन्न भन्ने कुरा स्पष्ट पारेको छ ।

प्रचण्डले हिजोमात्र हमाल कांग्रेसी नेता भएकाले कांग्रेसकै कोटाबाट मन्त्री बनाएको दावी गर्नुभएको थियो । २४ घण्टा नपुग्दै ढाँटको खेलो छताछुल्ल भयो । चितवन पुगेर पोखिनुभएका प्रचण्ड नराम्रोसँग चिप्लिनु भो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु