सिक्किम । नेपालको छिमेकी मुलुक भारतको सिक्किममा गुडिरहेको गाडीमा पहिरो खसेको छ ।

पश्चिम सिक्किम योक्सम टासीडिङ बासीको निम्ति खुन्द्रुीके पहिरो दशैँको दशा बनेको छ ।

गत केही साता अघि टासीडिङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स यसै पहिरोको चपेटमा परेको थियो भने गए राती परेको अबिरल वर्षाका कारण पश्चिम सिक्किम टासीडिङ गुम्पा निवासी उगेन थिन्ले भोटिया र उहाँका दाजु दोर्जी भोटिया पहिरोमा परेको खबर आएको छ ।

टासीडिङ देखि गान्तोक जाँदै गर्दा पहिरोको चपेटमा परेर सिकिस्त अवस्थामा अस्पताल पुर्याइएको जानकारी प्राप्त भएको छ ।

उहाँहरु चढेको गाडी गुडिरहेको थियो । त्यही समय माथीबाट झरेको पहिरोले एसके ०१ पी ०३६० नम्बरको बोलेरो गाडी पुर्णरुपले क्षति पुगेको छ। स्थानीय देवेन कौशीकले पठाएको तस्वीर हेर्दा गाडी पूर्ण रुपमा कुचिएको देखिन्छ । उहाँहरुलाई स्वास्थ्य लाभको कामना ।

सम्बन्धित खबरहरु