काठमाडौ । सरिता लामिछाने झापामा जन्मिएँर, उतै हुर्किएँकी अभिनेत्री हुन् । निर्माता ऋषि लामिछानेसँग बिबाह भएपछि उनको बसाई काठमाडौंमा सुरु भयो । सुरुमा बानेश्‍वरमा एउटा कोठामा बसेका उनीहरु अहिले आलिसान घरमा खुशी जीवन विताइरहेका छन् ।

२०५४ सालतिर महिनाको ८ सय रुपैयाँ तिरेर एउटा कोठा भाडामा लिएका थिए । त्यो एउटा कोठा पनि हाम्रो लागि सिङ्गो घरजस्तै थियो सरिताले बताइन् ।

त्यही कोठाभित्र एउटा छेउमा भान्छा, अर्को छेउमा बेड थियो । एउटा सानो सोफा पनि राखेका थियौं, त्यही हाम्रो लिभिङ रुम बनेको थियो । भित्तामा पुजा गर्नका लागि मन्दिर बनाएकी थिएँ सरिताले सम्झिनुभयो ।

डेरा भुइँ तलामा थियो । बाहिर फुलका गमला राखेका थियौं । फुलका गमलाले बगैंचा जस्तै बनेको थियो । मलाई सफा सुग्घर चाहिन्छ, समानहरु मिलाएर राखेको हुनुपर्छ । एउटा कोठा भएपनि सिंगारेर चिटिक्क पारेकी थिएँ भन्दै सरिताले विगत सम्झिइन् ।

सुरुमा सरिताले स्पेस टाईम टिभीमा जागिरे खाइन् । काम गर्दै जाँदा च्यानल नेपालको पहिलो होस्टका रुपमा उनी चिनिन पुगिन् ।

मैले कहिल्यै सचेकी पनि थिइन कि जीवनमा अभिनय गर्छु, कलाकार बन्छु भन्‍ने । तर, भइदियो त्यस्तै । अभिनय गर्न थालेँ, कलाकार पनि भएँ । मेरो श्रीमानको सोँच भने पहिलेदेखि नै निर्देशक बन्‍ने थियो । र, पछि निर्देशक पनि बन्‍नुभयो । सरिताले खुलाइन् ।

सरिताको कलाकारिताको यात्रा टेलिश्रृखला ‘मुक्ति’बाट सुरु भयो । सरितालाई भाग्यले पनि साथ दियो । मुक्तिमा अभिनय गर्ने वित्तिकै दर्शकमाझ परिचित भइन् ।

श्रीमानले ऋषिले नै निर्देशन गरेको ‘परिचय’ सिरियल सरिताले खेल्न थालिन् । श्रीमान निर्देशक र सरिता निर्मात्री तथा कलाकार भएर काम गरेको पहिलो होम प्रोडक्सन थियो, परिचय । परिचय सिरियल दर्शकमाझ निकै लोकप्रिय बन्यो । धेरैले रुचाएपछि परिचय सिरियल अर्को टर्निङ प्वाइन्ट बन्‍न पुग्यो ।

आफै सिरियल बनाउन थालेपछि उनीहरुलाई ठूलो घरको आवश्यकता पर्न थाल्यो । सुटिङ घरभित्र गर्नुपर्थ्यो । अरुको घरमा कति सुटिङ गर्नु । उनीहरुले निधो गरे की, सुटिङ पनि गर्न मिल्ने र बस्‍न पनि मिल्ने घर अहिल आलिसान खोज्ने । बानेश्‍वरमै मासिक २५ हजार रुपैयाँ तिर्ने गरी सुरुमा घर भाडामा लिए । पछि आम्दानी बढ्दै गयो । कमाएको पैसा जग्गामा हाले ।

उनीहरुले सुरुमा किनेको जग्गा नाफामा बेचे । त्यसपछि एउटा ठूलो घर बनाए । ठूलो घर झन्जटीलो भयो । फेरी त्यो घर पुगेर सानो चिटिक्क परिवारलाई पुग्ने आलिशान घर चाबाहिलको गोपिकृष्ण हल नजिकै किने । अहिलेपनि उनीहरु त्यही घरमा बस्छन् ।

सम्बन्धित खबरहरु