काठमाडौ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार नागरिकमाथी प्रहरीले हतियार चलाएको छ । त्यहाँ भएको झडपमा प्रहरीले हतियार चलाएको हो । उक्त घटनामा परेर घाइते भएका तीन जनाको मृत्यु भएको छ।

उनीहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन।

बुटवल वडा नम्बर १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा आइतबार प्रहरीले जग्गा कब्जा गरेर बसेकाहरुबीच झडप भएको थियो।

सोही क्रममा तीन जना सर्वसाधारको मृत्यु भएको मेडिकल कलेजका प्रशासन प्रमुख शुशील गुरुङले जानकारी दिनुभयो ।

‘बुटवल मोतिपुरको झडपमा परेर घाइते भएका ८ जना सर्वसाधारण र ५ जना प्रहरी गरी १३ जनालाई मेडिकल कलेजमा ल्याइएको थियो। तीमध्ये ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको अस्पतालले पुष्टी गरेको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ भने अरु घाइतेहरुको अवस्था सामान्य रहेको गुरुङले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले भने मृत्यु भएकोबारे केही जानकारी दिएको छैन। रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले मृत्यु भएकोबारे आफूलाई जानकारी नभएको भन्दै घटनाबाट पन्छिन खोज्नुभएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु