रोल्पा । रोल्पामा आज जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोबद्र्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जीप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनामा परी जीपका सहचालक रोल्पा नगरपालिका सल्लीबोटका २० वर्षीय नवीन पुन घाइते हुनुभएको छ । रोल्पा अस्पताल रेउघामा उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी रुवीलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौ । धर्नाका क्रममा काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरको नाममा कारण देखाऊ आदेश जारी गर्दै खानलाई २४ घण्टाभित्र स–शरीर उपस्थित गराउन आदेश दिएको हो ।

बाँकेका दुई महिलाको ज्यान लिइएको घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै बाँकेबाट २० दिन पैदल हिँडेर काठमाडौं आएका रुवीसहितका महिलाले माइतीघरमा धर्ना दिँदै आएका छन् । धर्नाका क्रममा अस्ति शुक्रवार बेलुकी प्रहरीले नेपालगञ्जकी रुवी खानलाई पक्राउ गरेको थियो ।

खानको अवस्थाबारे जानकारी नदिइएपछि अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो । बाँकेमा घरेलु ज्यान लिइएका नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि आफन्त र अधिकारकर्मीले आज (आइतबार) पनि काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जबाट २० दिनसम्म हिंडेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य र काठमाडौंमा रहेका अधिकारकर्मीले माइतीघरमा धर्ना दिएका हुन् ।

सम्बन्धित खबरहरु