काठमाडौ । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आयोजक माल्दिभ्सले दोस्रो जित हात पारेको छ।

माल्दिभ्सले आइतबार साँझ सकिएको खेलमा श्रीलंकालाई १–० गोलले हरायो। माल्दिभ्ससँग पराजित भएसँगै श्रीलंका प्रतियोगिताबाट नै बाहिरिएको छ । माल्दिभ्सको जितमा अली अस्फाकले खेलको छैटौं मिनेटमा गोल गरेका थिए।

अघिल्लो खेलमा माल्दिभ्सले बंगलादेशलाई २–० गोलले हराएको थियो। पहिलो खेलमा माल्दिभ्सलाई नेपालले १–० गोलले हराएको थियो।

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको माल्दिभ्सले ३ खेलबाट ६ अंक जोडेको छ।

नेपालले भने दुई खेलबाट नै ६ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेलमा दुई जित निकालेर ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा कायम नै रहेको हो ।

नेपालले आज राति ९ः४५ बजे सात पटकको च्याम्पियन भारतसँग खेल्दैछ। खेलमा जित निकाले नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुग्नेछ। आजको खेल हारे भारत फाइनलमा जान मुस्किल हुनेछ ।

किनकी भारतले २ खेल बराबरी खेलेको छ । अब माल्दिभ्स अर्को खेलमा पराजित भए मात्र भारतको सम्भावना देखिन्छ ।

सम्बन्धित खबरहरु