काठमाडौं । रुसमा एउटा सानो विमान दुर्घटनामा परेको छ । प्रारम्भिक विवरणहरूका अनुसार घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

रुसी सरकारी समाचार संस्था टासका अनुसार मस्कोबाट झन्डै १,००० किलोमिटर पूर्वमा रहेको टेटारस्थानमा भएको उक्त घटना भएको हो । उक्त विमानमा सवार ७ जनाको उद्धार गरिएको छ ।

गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याइएको बताइएको छ । दुर्घटनामा परेको विमान एउटा स्थानीय फ्लाइङ्ग क्लबले जानकारी दियो । उक्त विमान उडेको केही समयमै दुर्घटनामा परेको थियो ।

टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको अर्को समाचार एजेन्सी स्पुत्नीक समाचार समितिले जनाएको छ । दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि समाचारमा उल्लेख गरिएको छ । दुर्घटनाको कारण पुरानो विमान भएको कारण हुनसक्ने बताइएको छ । दुर्घटनाबारे विस्तृत विवरण भने प्राप्त भएको छैन ।

सम्बन्धित खबरहरु