काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ । खेल नेपाली समयअनुसार ९स्४५ बजेबाट शुरु भएको हो ।

माल्दिभ्समा जारी साफको तेस्रो खेलमा नेपाल–भारत भिडिरहेका छन् । सुरुका दुई खेल जितेको नेपाल ६ अंकसहित तालिकाको शिर्ष स्थानमा रहेको नेपाल अंक तालिकाको चौंथो स्थानमा रहेको भारतसँग खेल खेलिरहेको छ ।

भारत फिफा र्याङ्किङको १०७ स्थानमा रहेको टीम हो भने नेपाल फिफा र्याङकिङको नेपाल १६८ औ स्थानमा रहेको छ । अहिले जारी खेल मालेस्थित राष्ट्रिय रंगशालामा भारतविरुद्धको खेलका लागी मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मनिष डांगीलाई अग्रपंक्तिमा राख्नु भएको छ ।

भारतविरुद्ध नेपाली टोलीको कप्तानी गोलरक्षक किरण कुमार लिम्बुले सम्हानु भएको छ भने डिफेन्समा गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल हुनुहुन्छ ।

अर्कोतिर मिड लाइनमा तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी रहनु भएको छ । यता एक्ला स्ट्राइकर मनिष डांगीलाई सुजल श्रेष्ठ र सुमन लामाले सहयोग गर्दै हुनुहुन्छ ।

यसअघि उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध निर्णायक गोल गर्न सफल मनिषलाई प्रशिक्षक अब्दुल्लाहले स्ट्राइकरको भूमिका दिनु भएको हो । दुबै टीमले अहिलेसम्म गोल गर्न सकिरहेका छैनन् । लाइभ हेर्नुहोस्

सम्बन्धित खबरहरु