काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल र भारतबीच भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । खेलको ८२ औं मिनेटमा भारतका सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल भारतसँग पराजित भयो ।

नेपालले खेलको सुरुवातदेखिनै भारतलाई स्कोर खडा गर्न रोकेर राख्ने रणनीति अनुसार खेलेको थियो । यस बीचमा नेपालले काउन्टरमा केहि अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

भारतले पनि केहि अवसर सिर्जना गर्यो तर भारतको आक्रमणलाई कप्तान किरणले रोक्न सफल भएका थिए । तर खेलको अन्तिम समयमा डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा सुनिलले विजयी गोल गरे ।

जुन गोलले भारतको लागि फाइनल पुग्ने सम्भावनालाई बलियो बनाईदिएको छ । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १(० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

सम्बन्धित खबरहरु