काठमाडौं । असोज ५ गते राति पहिरोमा पुरिएर मृत्यु भएका एकै घरका तीन दिदी बहिनीको परिवारलाई राहत प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले रेसुंगा नगरपालिका वडा नम्वर ८ का तिलक परियारलाई चार लाख राहत स्वरुप प्रदान गर्नुभएको छ । राहत प्रदान गर्दै पौडेलले दुःखमा राज्यसँगै रहेको बताउनुभयो ।

यता रेसुंगा नगरपालिका वडा नम्वर ८ का वडाअध्यक्ष भरत भलामीले पीडित परिवारलाई दुई लाख २८ हजार ५२८ रुपियाँको चेक प्रदान गर्नुभएको छ ।

गुल्मी सेवा समाज जापानमा ७२ जनाले संकलन गरेर पठाएको सो रकमको चेक पीडित परिवारलाई भलामीले प्रदान गर्नुभएको हो । भलामीले पीडित परिवारको घरलाई पुनः निर्माण गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

गत असोज ५ गते राति घर माथिबाट आएको पहिरोले पुरिएर तिलक परियारका २१ वर्षीया भावना परियार , १४ वर्षीया गंगा जमुनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबरहरु