काठमाडौं । गुल्मीमा चिर्पट प्रहार गरी भतिजद्वारा ठूलीआमाको हत्या गरिएको छ । गुल्मीमा चिर्पट प्रहार गरी भतिजले ठूलीआमाको हत्या गरेका हुन् ।

जिल्लाको रेसुंगा नगरपालिका–१३ दुबिचौरका २५ वर्षीय प्रकाश विकले ६० वर्षीय ठुलीआमा पार्वती विकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले यस्को पुष्टि गर्नुभयो ।

आइतबार साँझपख चिर्पट प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेकी विक घाइते भएकी थिइन् । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदै गर्दा बीचमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठूलीआमाको हत्या गर्ने प्रकाश प्रहरीको नियन्त्रण छन् । प्रकाशले घटना घटाउनुको कारण जे दिए, त्यसले सबै हैरान भएका छन् । प्रहरीसँग उनले ठूली आमाको व्यवहार मन नपरेर चिर्पट प्रहार गरेको बयान दिएका छन् ।

प्रहरी उपरीक्षक भट्टराईका अनुसार शवलाई अहिले गुल्मी अस्पतालमा राखिएको र केही समय पश्चात् पोष्टमार्टम् गरी आफन्तको जिम्मा लगाइने छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित खबरहरु