काठमाडौं । चर्चित हास्य कलाकार मनोज गजुरेलले विवाह गर्नुभएको छ । आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी गराएको घोषणासहित उहाँले विहेको घोषणा गर्नुभएको हो । उहाँले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विहे गर्नुभएको छ ।

गजुरलेका अनुसार जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । उहाँ लेख्नुहुन्छ, ‘मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।’

उहाँ अगाडि भन्नुहुन्छ, ‘यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्यौं । अगाडि आईपर्ने सुस्ख/दुस्खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।’

सञ्चारमाध्यमहरुलाई पनि गजुरेलले आफ्नो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेख्न अनुरोध गर्नुभएको छ । उहाँले भन्नु भएको छ, ‘मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !

कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु ।

त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।’

दोस्रो विहे गर्नुभएका उहाँले थप्दै भन्नु भएको छ, ‘बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ ।

त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ–कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला ।

सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गम्भीर असरलाई पनि महशुस गर्नुहोला ।

अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ ।

अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर÷खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद 🙏’ उहाँको ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद भएको थियो ।

योपनि पढ्नुहोस् । पढ्न तलको हेडलाईनमा थिच्नुहोस् ।

चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेपछि पूर्व पत्नी ढकालको यस्तो छ प्रतिक्रिया

जनबोलीका भिडियोहरु हेर्न तलको भिडियोबाट च्यानमा जानुहोस् ।

सम्बन्धित खबरहरु