कास्की । दशैँको फूलपातीको दिन आज नेपालमा ठूलो मानवीय क्षति भएको छ । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा बोलेरो जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

पोखराको हरिचोकबाट २ बजे घान्द्रुकका लागि छुटेको ग १ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा दुर्घटना भएको हो ।

जीपमा नौं जना सवार थिए । तीमध्ये एक जना सामान्य घाइते छन् भने बाँकीलाई उद्दारपछि पोखरा ल्याउँदै गरिएको कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

घाइतेको अवस्था गम्भीर भएको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । स्थानीय पर्यटन व्यवसायी किसम गुरुङले पनि दुर्घटनाको पुष्टि गर्नुभएको छ ।

जीप दुर्घटना यति भयानक थियो की जीप नै पूरा कुच्चिएको छ । जीपबाट बाहिर निकाल्न निक्कै मुस्किल भएको थियो ।

सम्बन्धित खबरहरु