गुल्मी । रेसुङ्गा नगरपालिका–१३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको ज्यान लिइएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादका कारण प्रकाशले जेठी आमा नाता पर्ने पार्वतीलाई लाठी प्रयोग गरेर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो ।

उनीहरुबीच घरायसी विषयमा सामान्य विवाद भएको थियो । विवाद सहन नसकेर प्रकाशले यो गम्भीर अपराध गरेको हो । उसलाई अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखिएको छ । उसले अपराध स्वीकार गरेको छ ।

तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
झापा । कमल गाउँपालिका-३ केर्खास्थित सोही गाउँपालिका-४ बस्ने ३३ वर्षीय संजिव लिम्बुको ल्याण्ड होटलमा तास खेलिरहेको अवस्थामा लिम्बु लगायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु