सुनसरी । ईटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बा सहित खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ ।

उक्त होटलमा एक किलोको नै १३ लाख भन्दा बढीमा कारोबार भइरहेको प्रहरीलाई सूचना आएको थियो । यसको यति धेरै मुल्य देखेर प्रहरी नै चकित बनेको थियो । यो गुणस्तर अनुसार विश्व बजारमा एक किलोग्रामको नै लाखौँ रुपैयाँ पर्ने गर्दछ ।

सम्बन्धित खबरहरु