सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका-६ थातिङ बस्ने ५० वर्षीय वीर बहादुर बस्नेतको घरमा आइतबार राति आगलागी हुँदा भाडावर्तन, लत्ताकपडा, अन्नपात्त र नगद समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमानेस्थित राम कृष्ण लामिछानेको आर।के।किराना पसलमा पूजा गर्ने क्रममा सोमबार बिहान आगलागी हुँदा पसलमा रहेको सबै किराना सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सोही आगलागीमा जलेर घाइते भएका राम कृष्णलाई उपचारको लागि हेटौंडा अस्पतालतर्फ लगिएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु